रणनीतिक रुपमा महत्वपूर्ण इरानको एक पुलमा आक्रमण

हिमाल प्रेस २५ असार २०८३ १८:०७ | Thursday, July 9, 2026
10
SHARES
रणनीतिक रुपमा महत्वपूर्ण इरानको एक पुलमा आक्रमण

काठमाडौँ- इरानका लागि रणनीतिक रुपमा महत्वपूर्ण एउटा पुलमा आक्रमण गरिएको छ। चीन–तुर्कमेनिस्तान–इरान रेल करिडरअन्तर्गत पर्ने पुलमा आक्रमण भएको हो।

इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को गोलिस्तान प्रान्तस्थित जनसम्पर्क कार्यालयले यो जानकारी दिएको बीबीसीले जनाएको छ।

अमेरिकाले आका–कला काउन्टीका कैयौँ स्थानहरुलाई निशाना बनाएर आक्रमण गरेको कप्र्सले जनाएको छ।

आईआरजीसीको विज्ञप्तिअनुसार यस सहरमा अवस्थित अकताका खान पुल पनि निशानामा परेका स्थानहरुमध्ये एक थियो। यी आक्रमणहरुमा कोही पनि हताहात नभएको बताइएको छ।

अकतोक खान रेल्वे पुल चीन–तुर्कमेनिस्तान–इरान रेल करिडरमा अवस्थित एउटा रणनीतिक पुल हो। यो गोलिस्तान प्रान्तको आका–कला काउन्टीमा पर्दछ।

यो पुल कुनै समय ऐतिहासिक सम्पदाका रुपमा चिनिन्थ्यो। तर, आज यसको रणनीतिक महत्व पनि मानिन्छ।

प्रकाशित: २५ असार २०८३ १८:०७ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast