सुकुम्बासीको प्रसंग कोट्याउँदै एमाले सांसदको चेतावनी : ‘गरिबको आँसु महँगो पर्ला’

हिमाल प्रेस २५ असार २०८३ ११:५१ | Thursday, July 9, 2026
8
SHARES
सुकुम्बासीको प्रसंग कोट्याउँदै एमाले सांसदको चेतावनी : ‘गरिबको आँसु महँगो पर्ला’

काठमाडौँ- नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासी जनता हुन् कि होइनन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले सुकुमबासीलाई गरेको व्यवहारप्रति कटाक्ष गर्दै यस्तो प्रश्न गरेकी हुन्।

‘सुकुमबासी जनता हुन् कि होइनन्? उहाँहरूले बाच्न पाउने कि नपाउने? र उहाँहरूलाई २५ हजार रकम हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन?’, बरालको प्रश्न छ । उनले गरिबका आँसु महँगो हुने भन्दै उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भन्दै प्रश्न गरिन्।

प्रकाशित: २५ असार २०८३ ११:५१ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast