काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्नेछिन्।
‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पनि मन्त्री गौतमले पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित: २५ असार २०८३ ८:४४ | Thursday, July 9, 2026
प्रतिक्रिया




