अमरेश सिंह चीन भ्रमणमा

हिमाल प्रेस २४ असार २०८३ १४:५९ | Wednesday, July 8, 2026
12
SHARES
अमरेश सिंह चीन भ्रमणमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चारदिने भ्रमणका लागि चीन गएका छन्।

सांसद सिंह बुधबार बिहान चीनतर्फ प्रस्थान गरेका हुन्।

सिंह चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेको उनीनिकट स्रोतले बतायो।

‘उहाँ आज बिहान चीन भ्रमणमा जानु भएको छ,’ सिंहनिकट स्रोतले हिमालप्रेससँग भन्यो,‘एक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। कुन कार्यक्रम के हो र चीनको कुन ठाउँमा छ त्यो जानकारी भएन।’

सांसद सिंहको शनिबार काठमाडौँ फर्कने कार्यक्रम रहेको उनले बताए।

सर्लाही–४ बाट निर्वाचित रास्वपा सांसद सिंह पार्टीबाट असन्तुष्ट भइरहेका बेला चीन भ्रमणमा गएका हुन्।

सरकार र पार्टीबाट असन्तुष्ट बनेका उनी चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा समेत सहभागी भएनन्। सरकारले ल्याएको बजेटप्रति उनले संसदबाटै विरोध जनाएका थिए।

त्यस्तै प्रदेशसभा खारेज गर्ने गरी पार्टीका उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले महाधिवेशनका क्रममा प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

चितवनको प्रथम महाधिवेशनको बन्दसत्रमा प्रतिवेदनहरू प्रस्तुत भइरहेका बेला जनकपुरधाममा रहेका सिंहले समाजिक सञ्जालमा लेखेका थिए, ‘नेपालको लोकतन्त्र, संघीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्, जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथ हुनेछौँ।’

पार्टीबाट असन्तुष्ट रहेको बेला सिंहको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: २४ असार २०८३ १४:५९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast