बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस २३ असार २०८३ १३:३४ | Tuesday, July 7, 2026
8
SHARES
बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर पुर्पक्षका लागि थुनामा

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहलाई अपमानजनक शब्द बोलेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको खुलेको छ। पोखरेलले युट्युबमा भिडिओ हाल्दा प्रधानमन्त्री शाह सहित विभिन्न नेताहरूमाथि गालीगलौज र अपमानजनक शब्दहरू बोलेपछि प्रहरीले पाँचथर प्रहरीले चैत २७ गते पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि सरकारको आलोचना समेत भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते हजुरआमा र काकाको जिम्मामा उनलाई छाडिएको थियो। हाजिर जमानीमा राखिएका उनीविरूद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत पाँचथरमा विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा असार १८ गते न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको स्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए। हेड्स नामको युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक गरेको दुई महिनापछि उनी पक्राउ परेका थिए। उनी आदेशसँगै पुर्पक्षका लागि कारागारमा छन्।

प्रकाशित: २३ असार २०८३ १३:३४ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast