‘चटकको भरमा आएको वर्तमान चटककै भरमा जान्छ’

हिमाल प्रेस २० असार २०८३ १७:०४ | Saturday, July 4, 2026
16
SHARES
‘चटकको भरमा आएको वर्तमान चटककै भरमा जान्छ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको देशद्रोही भाष्य र घेराबन्दीविरुद्ध डटेर सामान गर्ने बताएका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाटीविरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका विरुद्ध डटेर सामाना गर्ने बताएका हुन्।

ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणीसमेत गरे।

उनले सुकुम्वासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भंग गरिदिएका कारण काम रोकिएको तर यस विषयलाई जनता र सुकुम्वासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राखे।

पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए।

उनले पार्टी नेतृत्वमा रहेकाले आफूले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा जिम्मेवारी लिने स्पष्ट पारे। पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उनको भनाइ छ।

अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: २० असार २०८३ १७:०४ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast