काठमाडौँ- बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६१५ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १९ असार २०८३ ११:३१ | Friday, July 3, 2026
प्रतिक्रिया




