त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिमाथि महेश बस्नेतको प्रश्न

हिमाल प्रेस १८ असार २०८३ १४:३९ | Thursday, July 2, 2026
38
SHARES
त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिमाथि महेश बस्नेतको प्रश्न

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एमाले सचिव बस्नेतले पेसागत तथा विद्यार्थी संगठनलाई राजनीतिक खिचातानीको कारण देखाउँदै संवैधानिक हकमाथि हस्तक्षेप गरी बदर गरिएको आरोप लगाए।

उनले बौद्धिक तथा राजनीतिक प्रभावबाट टाढा रहनुपर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग जस्तो संस्थामा पूर्वसचिव भई अवकाश प्राप्त, पछि राजनीतिक दलमा आबद्ध भएका तथा मेयर पदमा उम्मेदवार बनेर निर्वाचनमा पराजित व्यक्तिलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाए।

बस्नेतले एउटातर्फ राजनीतिक संलग्नतालाई आधार बनाएर संगठनहरूलाई निषेध गर्ने र अर्कोतर्फ आफ्ना निकटस्थ व्यक्तिलाई फरक मापदण्डका आधारमा नियुक्ति दिने प्रवृत्तिले दोहोरो मापदण्ड उजागर गरेको दाबी गरे।

उनले बालेन शैलीको यस्तो चयनात्मक मापदण्डले निष्पक्षता, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।

प्रकाशित: १८ असार २०८३ १४:३९ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast