विष्णु पौडेललाई थुन्ने कि छाड्ने भन्ने रिटको पेसी आज

हिमाल प्रेस १८ असार २०८३ ११:४५ | Thursday, July 2, 2026
18
SHARES
विष्णु पौडेललाई थुन्ने कि छाड्ने भन्ने रिटको पेसी आज

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। यसअघि न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन भनेको थियो।

त्यस्तै उच्च अदालत पाटनमा रहेको दीपक भट्टसमेत प्रतिवादी भएको बैंकिङ कसुर सम्बन्धी मुद्दाको फाइल मगाउन भनेको थियो । काठमाडौँ जिल्ला अदालतमा रहेको आशिष श्रेष्ठसमेत प्रतिवादी भएको बिमा सम्बन्धी कसुरको मुद्दा र काठमाडौँ जिल्ला अदालतमा रहेका सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी भएका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल फाइलहरू झिकाउन आदेश दिएको थियो।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले गत सोमबार मात्रै पौडेललाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित: १८ असार २०८३ ११:४५ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast