फोक्सुण्डो खोलाको खोँचमा अड्किएको शव दुई दिनपछि निकालियो

हिमाल प्रेस १६ असार २०८३ १०:५२ | Tuesday, June 30, 2026
8
SHARES
फोक्सुण्डो खोलाको खोँचमा अड्किएको शव दुई दिनपछि निकालियो

काठमाडौँ- डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो खोलाको बीचभागमा रहेको अप्ठ्यारो खोँचमा अड्किएको शव दुई दिनको अथक प्रयासपछि निकालिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार संग्राम शार्दुल गुल्मबाट खटिएको टोलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीसँगको संयुक्त प्रयासमा असार १५ गते बिहान शवलाई खोँचबाट सुरक्षित रूपमा बाहिर निकालेको हो।

दुर्गम भूगोल र जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण रहे पनि सुरक्षा निकाय र स्थानीयवासीको समन्वित प्रयासबाट शव निकाल्न सफल भएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: १६ असार २०८३ १०:५२ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast