नेतृत्वकर्ताले जिम्मेवारी पूरा नगर्दा कम्युनिस्ट आन्दोलन कमजोर भयो : शर्मा

हिमाल प्रेस १५ असार २०८३ १५:५७ | Monday, June 29, 2026
12
SHARES
नेतृत्वकर्ताले जिम्मेवारी पूरा नगर्दा कम्युनिस्ट आन्दोलन कमजोर भयो : शर्मा

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले अहिले कम्युनिस्ट आन्दोलन कमजोर र लोकप्रियतावाद हावी हुनुमा स्वयं कम्युनिस्ट नेतृत्वमा रहेका व्यक्तिहरु नै जिम्मेवार रहेको बताएका हुन्।

कम्युनिस्ट पार्टीले गरेका खुला ऐतिहासिक क्रान्तिहरू, आन्दोलनहरू, युद्धहरू नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण ऐतिहासिक परिघटना भएकै कारण जनताले अवसर दिएको भन्दै उनले जनताले दिएको अवसरको दुरुपयोग भएका कारण अहिलेको अवस्था आएको धारणा राखे।

शर्माले कम्युनिस्ट विचारका नाममा लिइरहेका शब्दहरु र त्यसको वास्तविक अर्थ त्यसको जनतासँग, जीवनसँग जोड्ने कुरामा फेल भएको जिकिर गरे।

शर्माले नयाँ पुस्ताको नेतृत्वमा मुलुकको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन जरुरी रहेको धारणा राखे। वर्गीय, जातीय, क्षेत्रीय सबै विभेदहरूलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाजको जग हालेर त्यसबाट क्रमशः अगाडि बढ्दै समाजवादी बाटोमा वैज्ञानिक समाजवादी बाटोमा जान सकिने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast