सम्पत्ति छानबिन गर्नुपर्छ भनेको हुँ, तर मिडिया ट्रायल गर्न आवश्यक छैन : जनार्दन शर्मा

हिमाल प्रेस ९ असार २०८३ ९:३९ | Tuesday, June 23, 2026
सम्पत्ति छानबिन गर्नुपर्छ भनेको हुँ, तर मिडिया ट्रायल गर्न आवश्यक छैन : जनार्दन शर्मा

काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको बताएका छन्। आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू त्यसमा अहिले पनि अडिग रहेको बताएका हुन्।

तर, सरोकार नै नभएको विषयमा भ्रम सिर्जना गर्ने उद्देश्यले मिडिया ट्रायल गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,’ उनले लेखेका छन्, ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’

 

प्रकाशित: ९ असार २०८३ ९:३९ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast