‘अक्षरा’ भदौ २६ मा हलमा लाग्ने, ‘१२ गाउँ’की नायिका न्यान्सी मुख्य भूमिकामा

हिमाल प्रेस १५ असार २०८३ १३:११ | Monday, June 29, 2026
4
SHARES
‘अक्षरा’ भदौ २६ मा हलमा लाग्ने, ‘१२ गाउँ’की नायिका न्यान्सी मुख्य भूमिकामा

काठमाडौँ- तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् ।

पोस्टरको पृष्ठभूमिमा भने पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले अक्षरा पात्रको एक्लोपन, निराशा, वियोग, र अनिश्चित भविष्यलाई प्रतिबिम्बित गरेको छ । उज्यालो विस्तारै हराउँदै जाँदा अब के हुन्छ भन्ने अनिश्चितता र दुविधालाई पोस्टरले प्रतीकात्मक रूपमा व्यक्त गरेको देखिन्छ ।

न्यान्सीले ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । उनी चाँडै अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’मा पनि देखिँदैछिन् । सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा आमसञ्चार विषयमा अध्ययन गरेकी न्यान्सीले सन् २०२२ मा ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितेकी थिइन् ।

विनय राज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जनलगायतका कलाकारहरूको अभिनय रहेको छ। सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्। फिल्ममा दिपेन बस्न्यातको छायांकन रहेको छ।

प्रकाशित: १५ असार २०८३ १३:११ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast