वीणा जोशीलाई मदन पुरस्कार प्रदान

हिमाल प्रेस २५ असोज २०८३ १८:५१ | Sunday, October 11, 2026
10
SHARES
वीणा जोशीलाई मदन पुरस्कार प्रदान

काठमाडौँ- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ।

मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारणसभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट वीणाको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो।

सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाच परम्पराको संकलन, अभिलेखीकरण र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले उक्त कृतिलाई पुरस्कारका लागि योग्य ठहर गरिएको गुठीले जनाएको छ।

पुरस्कार ग्रहण गर्दे लेखिका वीणा जोशी (राजभण्डारी) ले मदन पुरस्कार नेपाली साहित्य आकासमा बलिरहेको चम्किलो दीपक भएको उल्ल्ेख गर्दै सोही पुरस्कार आफूले ग्रहण गर्न पाउँदा गौरव महशुस भएको बताइन्।

यस वर्षको मदन पुरस्कारका लागि प्रारम्भिक रूपमा १० पुस्तक मदन पुरस्कार श्रेष्ठ सूचीमा समावेश गरिएको थियो।

नेपाल तथा नेपालबाहिर नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक कृतिलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ।

प्रकाशित: २५ असोज २०८३ १८:५१ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast