तनहुँको मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

हिमाल प्रेस १३ असार २०८३ ८:०१ | Saturday, June 27, 2026
4
SHARES
तनहुँको मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका-२ निवासी ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो। रासस

प्रकाशित: १३ असार २०८३ ८:०१ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast