रुकुम पश्चिममा जीप दुर्घटना हुँदा आठ घाइते

हिमाल प्रेस १३ असार २०८३ ५:३२ | Saturday, June 27, 2026
10
SHARES
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा आठ घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए। रासस

प्रकाशित: १३ असार २०८३ ५:३२ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast