अनेरास्ववियुद्वारा परीक्षा बोर्डअगाडि प्रदर्शन

हिमाल प्रेस १२ असार २०८३ १५:०२ | Friday, June 26, 2026
10
SHARES
अनेरास्ववियुद्वारा परीक्षा बोर्डअगाडि प्रदर्शन

काठमाडौँ- कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन्।

कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो।

उनीहरुले ‘विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेतिथी अन्त्य गर, अनियमितता छानबिन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन्। कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटीका कारण विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन्।

साथै विद्यार्थीहरुले चाडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटी गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: १२ असार २०८३ १५:०२ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast