काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछाको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ कायम भएको छ भने बचुवा माछा प्रतिकिलो ३०० रुपैयाँ र छडी माछा प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।
यस्तै, सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।
प्रकाशित: १२ असार २०८३ ८:४८ | Friday, June 26, 2026
प्रतिक्रिया




