एमाले उपाध्यक्ष पौडेललाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

हिमाल प्रेस ११ असार २०८३ १५:५२ | Thursday, June 25, 2026
24
SHARES
एमाले उपाध्यक्ष पौडेललाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ।

बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको नाममा यस्तो आदेश गरेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

पार्टीको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका बेला सम्पति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको थियो। मंगलबार काठमाडौँ ल्याइएका उनलाई विशेष अदालतमा उपस्थित गराइएको थियो

विशेष अदालतले पौडेलमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गरेको थियो। उनी हाल सानेपाको प्रहरी हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast