फिफा विश्वकप

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

हिमाल प्रेस १० असार २०८३ ५:३६ | Wednesday, June 24, 2026
16
SHARES
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ- फिफा विश्वकप प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा पोर्चुगल विजयी भएको छ। समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने। उनले दुई गोल गरे। खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए।

त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो। खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो।

जितसँगै पोर्चुगल समूह ‘के’को अंक तालिकामा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कंगोसँग बराबरी खेलेको थियो। समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंक तालिकाको अन्तिममा छ।

प्रकाशित: १० असार २०८३ ५:३६ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast