एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

हिमाल प्रेस ८ असार २०८३ १८:४५ | Monday, June 22, 2026
18
SHARES
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ फाइल तस्बिर

सुर्खेत- नेकपा एमालेका एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न पौडेललाई नियन्त्रणमा लिएको जानकारी दिए।

पौडेल आइतबार एमालेको आन्तरिक चुनावी समीक्षा एवं संगठन पुनर्गठन कार्यक्रममा लागि सुर्खेत पुगेका थिए।

उनलाई साँझ पाँच बजेतिर कार्यक्रम भइरहेको शुभ होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा राखिएका पौडेललाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ।

स्थलमार्ग वा सुर्खेतबाट नेपालगञ्ज लगेर त्यहाँबाट काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण विभागले सोमबार पौडेलको ललितपुरको भैंसेपाटीस्थित घरमा छापा मारेको थियो। छापा मारेर उनको घरबाट केही कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ।

पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।

एमाले उपाध्यक्ष पौडेलको केही अघि पक्राउ परेका विवादस्पद व्यावसायी दिपक भट्टसँग संलग्नता देखिएको छ। भट्टको नाममा उनले ठूलो रकमको सेयर खरिद गरेको स्रोतको भनाइ छ।

पौडेल पूर्वअर्थमन्त्री हुन्।

प्रकाशित: ८ असार २०८३ १८:४५ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast