तनहुँ- तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर तनहुँको व्यास नगरपालिका –४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद श्रेष्ठका अनुसार तनहुँको भित्री सडक खण्डअन्तर्गत बन्दीपुर गाउँपालिका –४ गुम्बास्थित सडकमा ग १ क ५४६६ नम्बरको टिप्पर नियन्त्रण गुमाएर दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका चालक श्रेष्ठलाई तत्काल उपचारका लागि पोखरा पठाइएकोमा उपचारकै क्रममा आइतबार साँझ ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक खण्डमा भएको अर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका दुईमध्ये एकको अवस्था मध्यम र अर्का एक जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको उपचार भइरहेको प्रनाउ घिमिरले जानकारी दिए।




