सरकारले सय दिनमा १० काम पनि गर्न सकेन : कांग्रेस

हिमाल प्रेस ६ असार २०८३ १५:४७ | Saturday, June 20, 2026
6
SHARES
सरकारले सय दिनमा १० काम पनि गर्न सकेन : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले सरकारका कमीकमजोरीविरुद्ध सशक्त रुपमा खबरदारी गर्ने जनाएको छ।

शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कामकारबाहीको प्रारम्भीक समीक्षा गर्दै सदनमार्फत सरकारका कमीकमजोरीबिरुद्ध सशक्त रुपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए।

महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना विषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे।

उनले विषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरुलाई जिम्मेबारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको धारणा राखे।

प्रकाशित: ६ असार २०८३ १५:४७ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast