काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन्।
सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिँड्ने काम प्रतिनिधिसभा नियमावलीविपरित रहेको उनको भनाइ छ।
उनले सरकार अझै बढी जिम्मेवार भएर प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नुपर्ने धारणा राखे।
प्रकाशित: ४ असार २०८३ १४:३६ | Thursday, June 18, 2026
प्रतिक्रिया




