वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको छ : मन्त्री यादव

हिमाल प्रेस ३ असार २०८३ १४:४० | Wednesday, June 17, 2026
6
SHARES
वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको छ : मन्त्री यादव युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव

काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन्।

उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए। उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रुपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रुपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

मन्त्री यादवले श्रम स्वीकृतिविना हजारौँ घरेलु कामदारहरु विभिन्न देशमा कार्यरत रहेको बताए। उनले उनीहरुलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले विशेष ध्यान दिइरहेको जानकारी दिए।

उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरे।

प्रकाशित: ३ असार २०८३ १४:४० | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast