लागुऔषधसहित ३१ जना पक्राउ

हिमाल प्रेस ३१ जेठ २०८३ १८:३२ | Sunday, June 14, 2026
14
SHARES
लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच÷पाँच, झापा र ललितपुरबाट चार÷चार, सिरहा र काठमाडौँबाट तीन÷तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बरामद गरेको छ।

प्रकाशित: ३१ जेठ २०८३ १८:३२ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast