२४ घण्टामा सवारीचालक कारबाहीबाट उठ्यो १७ लाख ८६ हजार ५०१ राजस्व

हिमाल प्रेस ३० जेठ २०८३ १२:५४ | Saturday, June 13, 2026
6
SHARES
२४ घण्टामा सवारीचालक कारबाहीबाट उठ्यो १७ लाख ८६ हजार ५०१ राजस्व फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो।

‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो।

 

प्रकाशित: ३० जेठ २०८३ १२:५४ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast