२४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाही

हिमाल प्रेस २७ वैशाख २०८३ १०:२७ | Sunday, May 10, 2026
14
SHARES
२४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाही फाइल तस्बिर

काठमाडौँ- बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक संकेत उल्लंघनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: २७ वैशाख २०८३ १०:२७ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast