सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ

हिमाल प्रेस २९ जेठ २०८३ ६:३० | Friday, June 12, 2026
20
SHARES
सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ- ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ का २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

काठमाडौँको चाबहिल-दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी नगरपालिका-४ का २२ वर्षीय जीवन विश्वकर्माको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बस्ताकोटीलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: २९ जेठ २०८३ ६:३० | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast