संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

हिमाल प्रेस २८ जेठ २०८३ १९:०३ | Thursday, June 11, 2026
12
SHARES
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।

सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थिए।

सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो।

कार्यदलले संविधान संशोधनबारे सुझाव संकलन गर्ने क्रममा केही दिनअघि पूर्वराष्ट्रपतिहरू डा.रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि छलफल गरेको थियो।
त्यस्तै कार्यदलले विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूसँग पनि छलफल गरेको छ।

प्रकाशित: २८ जेठ २०८३ १९:०३ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast