सांसदहरूलाई अर्थमन्त्रीको चेतावनी : तपाईँका कान्डबारे हामी अनभिज्ञ हो र?

हिमाल प्रेस २८ जेठ २०८३ १८:२७ | Thursday, June 11, 2026
12
SHARES
सांसदहरूलाई अर्थमन्त्रीको चेतावनी : तपाईँका कान्डबारे हामी अनभिज्ञ हो र? अर्थमन्त्री स्वर्णिम वाग्ले/तस्बिर : रासस

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरूका पुराना कान्डहरू सार्वजनि हुने चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुराना फाइलहरू पनि खुल्ने चेतावनी दिएका हुन्।

‘तपाईँहरूका कान्डबारे हामी अनभिज्ञ हो र? ति पनि खुल्नेछ,’ वाग्लेले भने। सांसदहरूले सदनको ओज घटाउन नहुने उल्लेख गरे।

‘स्वर्णिम वाग्लेले कुटकुट अर्थ मन्त्रालयमा बसेर करसर चलाएर व्यापारी पोस्यो भन्ने खालका पनि सुनिए,’ उनले भने,‘सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ, सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन।’

बजेटमा कर हेरफेर गरेको लागेको आरोप प्रतिवाद गर्दै उनले बेइमानी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्ने बताए।

‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक दुईवटा खोस्टाहरू लेखे कि दुई अर्बको आशंका इत्यादि भने,’ उनले भने,‘दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागी दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि तयार छु।’

सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै आफूहरूले धोका दिन सकौँला भनेर उनले प्रश्न गरे।

प्रकाशित: २८ जेठ २०८३ १८:२७ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast