९२२ किलो गाँजा बरामद

हिमाल प्रेस २८ जेठ २०८३ १०:२८ | Thursday, June 11, 2026
2
SHARE
९२२ किलो गाँजा बरामद

काठमाडौँ- मोरङबाट ९२२ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ महादेवकोलबाट आज ९२२ किलोग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।

लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लैजाँदै गरेको २९ पोका गाँजा बरामद गरिएको हो। उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। गाडी र मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ जेठ २०८३ १०:२८ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast