काठमाडौँ- संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बुधबारबाट गतिरोध हटेको संसद्को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल जारी रहने भएको हो। बैठकमा आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित: २८ जेठ २०८३ ६:३० | Thursday, June 11, 2026
प्रतिक्रिया




