सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

हिमाल प्रेस २७ जेठ २०८३ १८:५७ | Wednesday, June 10, 2026
6
SHARES
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता विषयमा संसद् विभाजित भएर प्रस्तुत हुनु दुःखद् भएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताए।

सांसद हमालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गरे।

‘राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्छ,’ उनले भने, ‘संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ।’

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको बताउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको उल्लेख गरे।

उनले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गरे।

प्रकाशित: २७ जेठ २०८३ १८:५७ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast