सप्तरीको हनुमाननगर कङ्कालिनीमा आगलागीबाट १२ घर नष्ट

हिमाल प्रेस २६ जेठ २०८३ १६:१८ | Tuesday, June 9, 2026
26
SHARES
सप्तरीको हनुमाननगर कङ्कालिनीमा आगलागीबाट १२ घर नष्ट फाइल तस्बिर

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-५ मा मंगलबार भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन्।

स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि उनीसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उनले बताए।

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २६ जेठ २०८३ १६:१८ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast