सांसद चौधरीलाई पक्राउ गरेपछि रञ्जिताले भनिन् : सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ

हिमाल प्रेस १९ माघ २०७९ १६:४०
8
SHARES
सांसद चौधरीलाई पक्राउ गरेपछि रञ्जिताले भनिन् : सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ संसद् बैठकमा सम्बोधन गर्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरी।

 

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको प्रति अध्यक्ष रञ्जिता श्रेष्ठले आपत्ति जनाएकी छन्। श्रेष्ठले सरकारले थारूहरूलाई मात्र अपराधी देख्‍ने भन्दै आपत्ति जनाएकी हुन्।

उनले सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ भन्दै समर्थन फिर्ताको चेतावनी पनि दिएकी छन्। ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन‍ चाहिँदैन रहेछ’ उनले भनेकी छन्ऽ

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‍‍ कैलाली–२ बाट निर्वाचित चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट पक्राउ गरेको हो। श्रेष्ठका श्रीमान् रेशम चौधरी पनि जेलमा छन्।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो। कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =