काठमाडौँ- प्रतिनिधिसभा बैठक (संसद्) मा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन्।
सभामुख डोलप्रसाद अर्याल (डीपी) ले बैठक सुरु गरेपछि विपक्षी सांसदहरू उठे। त्यसपछि सभामुख अर्यालले नेकपा एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए।
थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद् अवरोध गर्ने बताए।
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए। त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद् चल्न दिने विपक्षीले अडान लिएका छन्।
केही दिन अघि सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले भने तत्काल प्रधानमन्त्रीले संसद्मा जवाफ नदिने बताएका थिए।
प्रकाशित: २६ जेठ २०८३ १३:३२ | Tuesday, June 9, 2026
प्रतिक्रिया




