पूर्ण स्वायत्त प्रदेशको माग गर्दै जनमतद्वारा काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस २५ जेठ २०८३ १४:३१ | Monday, June 8, 2026
16
SHARES
पूर्ण स्वायत्त प्रदेशको माग गर्दै जनमतद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ- प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ।

यसअघि भएको ८ बुँदे सम्झौताअनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

साथै जनमतले प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने माग राखेको छ।

त्यस्तै उसले वैदेशिक रोजगारीको समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमा नै मलखाद र सहज ऋण उपलव्ध गराउनुपर्ने, चुरिया क्षेत्रको दोहन र अतिक्रमण हटाउनुपर्ने समेत माग राखेको छ।

प्रदर्शनमा सहभागीहरुले मधेशी, थारु, दलित, मुस्मिल, आदिवासी, सुकुम्वासी अल्पसंख्यकलगायतमाथिको दमन, शोषण र विभेद बन्द गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

प्रकाशित: २५ जेठ २०८३ १४:३१ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast