काठमाडौँ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।
सोमबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त पाँच जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्।
नयाँ नियुक्त भएका मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन्।
जसमध्ये तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।




