लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन सुरु हुँदै

हिमाल प्रेस ८ असार २०८३ ९:५७ | Monday, June 22, 2026
8
SHARES
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन सुरु हुँदै

दाङ- लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

कार्यसूची अनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन्। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन्। छलफलको क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन्।

त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्दै कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रकाशित: ८ असार २०८३ ९:५७ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast