विपक्षीले सदन अवरुद्ध गरेपछि स्थगित भयो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २५ जेठ २०८३ १३:४२ | Monday, June 8, 2026
18
SHARES
विपक्षीले सदन अवरुद्ध गरेपछि स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौँ- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षीले विरोध जनाउँदै आएका छन्।

सोमबार पनि बैठक सुरु हुने वितिक्कै विपक्षीले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिएका थिए। त्यसका क्रममा विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे।

उनीहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले आजै १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रकाशित: २५ जेठ २०८३ १३:४२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast