रास्वपा महोत्तरीको अधिवेशन स्थगित

हिमाल प्रेस २४ जेठ २०८३ १८:१० | Sunday, June 7, 2026
8
SHARES
रास्वपा महोत्तरीको अधिवेशन स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी अधिवेशन स्थगित भएको छ। दुई पक्षबीच विवाद भएपछि जिल्ला अधिवेशन स्थगित भएको हो।

शनिबार जलेश्वरमा भएको उद्घाटन सत्रपछि बन्दसत्र रामगोपालपुरमा राखिएको थियो।

तर, दुई पक्षबीच सहमति जुट्न नसकेपछि नेतृत्व चयन प्रक्रिया स्थगित भएको निर्वाचन संयोजक मनिषकुमार साहले सूचना निकालेर जानकारी गराएका छन्।

यसअघि तदर्थ समिति अध्यक्ष रहेका शुभम साहलाई पार्टीले कारबाही गर्दै अधिवेशनमा सहभागी नगराउन पत्र पठाएपछि विवाद भएको बताइएको छ।

दुवै पक्षबीच सहमतिको प्रयास गरिरहेको र सहमति भए पश्चात बन्दसत्र गरी नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २४ जेठ २०८३ १८:१० | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast