सुन तोलाको ३ लाख ८ सय रुपैयाँ

हिमाल प्रेस २४ जेठ २०८३ ११:५८ | Sunday, June 7, 2026
10
SHARES
सुन तोलाको ३ लाख ८ सय रुपैयाँ

काठमाडौँ- सुनचाँदीकै मूल्य घटेको छ। आज तोलामा सुन ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ सय रुपैयाँ कायम गरिएको छ।

एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो भने चाँदी ५ हजार २८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित: २४ जेठ २०८३ ११:५८ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast