सुदन गुरुङ
काठमाडौँ– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्।
गुरुङ शनिबार प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै यस सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए।
मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन्। भुजेलको हत्या गरेको आरोपमा प्रहरीले उनका पति तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
भुजेलको गएराति रड प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ।
प्रकाशित: २३ जेठ २०८३ १७:५५ | Saturday, June 6, 2026
प्रतिक्रिया




