बागमती मन्त्रिपरिषद् बैठकबाट अपांग प्रादेशिक नीतिलाई स्वीकृत

हिमाल प्रेस २२ जेठ २०८३ ६:०७ | Friday, June 5, 2026
8
SHARES
बागमती मन्त्रिपरिषद् बैठकबाट अपांग प्रादेशिक नीतिलाई स्वीकृत

मकवानपुर- बागमती प्रदेश सरकारले अपांग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो।

उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्‍यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।

बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्अन्तर्गत रहेका निजामती कर्मचारीतर्फको स्वास्थ्य क्षेत्रका दुई उपसचिवहरू सागरप्रसाद घिमिरे र शतिस विष्टलाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले जानकारी दिए।

आव २०८३/८४ को दोस्रो सातादेखि विभिन्न मन्त्रालय अन्तर्गतका कुल २०१ वटा कार्यालयलाई एकीकृत गरेर १९१ वटा कार्यालमा सीमित गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए।

प्रकाशित: २२ जेठ २०८३ ६:०७ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast