काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने भएकाले पुनर्गठन गरिने बताएका छन्।
नेकपा एमाले संगठन विभागले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेकै रूपमा र यस्तै ढंगले पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन गरिने बताएका हुन्।
उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको उनले बताए। पौडेलले कार्यदलको प्रतिवेदनमाथि सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनसम्बन्धी आवश्यक निर्णय लिइने उल्लेख गरे।
त्यस्तै उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताए। उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए।
उनले पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल एउटा सदस्यता मात्र नभइ राजनीति,बिचार र जिम्मेवारीको प्राप्तिको रुपमा पनि बुझ्नु पर्नेेमा जोड दिए।




