महोत्तरीमा गोली चलाएर लुटपाट, २ घाइते

हिमाल प्रेस २० जेठ २०८३ ८:१९ | Wednesday, June 3, 2026
6
SHARES
महोत्तरीमा गोली चलाएर लुटपाट, २ घाइते

काठमाडौँ- महोत्तरीमा गोली चलाएर लुटपाट भएको घटना भएको छ। जिल्लाको सोनमा गाउँपालिका ३ खखाना दक्षिणबारी टोलमा गएराती चोरी गर्न आएका ५-६ ज्क्नाको समूहले प्रतिवाद गर्दा गोली चलाउँदा श्रीमान श्रीमती घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेलेका अनुसार गोली लागेर २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएकी छन्। गोली लागेर घाइते भएका दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित: २० जेठ २०८३ ८:१९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast