सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस
काठमाडौँ- प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्रीको प्रस्तावपछि प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु हुनेछ।
प्रकाशित: १९ जेठ २०८३ ८:०१ | Tuesday, June 2, 2026
प्रतिक्रिया




