संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव

हिमाल प्रेस १८ जेठ २०८३ २१:४६ | Monday, June 1, 2026
14
SHARES
संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ।

कार्यदलको सचिवालयले जेठ ८ गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन्।

कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए।

कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो।

कार्यकारी राष्ट्रपति, संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए।

उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।

प्रकाशित: १८ जेठ २०८३ २१:४६ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast