कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण खुला गरेको छ।
पार्टी महामन्त्री प्रदीप पौडेल एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले नयाँ क्रियाशील सदस्यता खुला गर्ने निर्णय गरेको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले नेपालको संविधान, पार्टी विधान र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धताका साथ स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले क्रियाशील सदस्यताका लागि आवेदन दिन सक्ने बताए।
क्रियाशील सदस्यताका लागि पार्टीको वेबसाइटमार्फत आवेदन दिन सकिने उनले जानकारी दिए।
प्रकाशित: १८ जेठ २०८३ २०:३४ | Monday, June 1, 2026
प्रतिक्रिया




